कर तिर्नेलाई कदर, वडाका उत्कृष्ट करदाता ओम हस्पिटल र गोशलीलाई सम्मान

पाेखरा | साउन १२, २०८०

कर तिर्नेलाई कदर, वडाका उत्कृष्ट करदाता ओम हस्पिटल र गोशलीलाई सम्मान

पोखरा:  कर तिर्नेलाई कदर गर्ने नीतिका साथ पोखरा वडा नंं ९ कार्यालयले गत आर्थिक वर्षमा सबैभन्दा धेरै कर तिर्ने दुई संस्थालाई सम्मान गरेको छ । वडा स्थित पोखरा ओम हस्पिटल डाइग्नोष्टिक एण्ड रिसर्च सेन्टर प्रा.लि. र गोशली हाउसलाई सम्मानपत्र र मायाको चिनो दिएर कदर गरेको हो ।


पोखरा वडा नंं. ९ का अध्यक्ष दीपेन्द्र मर्सानीले नियमित कर तिर्ने दुई संस्थालाई गरिएको सम्मान करदातालाई उत्साहित गर्ने अभियान रहेको बताए । ‘राज्यले कर लिने मात्र होइन, व्यवसायीलाई उत्साहित गर्नका लागि सम्मान गर्न पनि यस्ता कार्यक्रम जरुरी छ । त्यसैले हामी करदाताकै कार्यालयमा स्वयं उपस्थित भएर सम्मान गरेका हौँँ ।’


वडा अध्यक्ष मर्सानी नेतृत्वको टोली प्रमुख अतिथि पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन प्रजापतिलाई साथै लिएर करदाताकै कार्यालयहरुमा पुगी सम्मान गरेको हो । अध्यक्ष प्रजापति, वडाध्यक्ष मर्सानीले ओम हस्पिटल प्रालिका अध्यक्ष डा. मुकुन्दप्रसाद आचार्यलाई र गोशली हाउसका अध्यक्ष शुशिल कुमार गोशलीलाई सम्मानपत्र र मायाको चिनो प्रदान गरे ।


पोउवा संघ अध्यक्ष प्रजापतिले मुलुक चलाउनका लागि अर्थतन्त्र मूल आधार भएकाले करको दायरालाई फराकिलो बनाउँदै सबैलाई कर प्रणालीमा सहभागी गराउनुपर्नेमा जोड दिए । व्यवसायीसमेत रहेका प्रजापतिले करको दर नभई दायरालाई बढाउनुपर्ने धारणा राखे । व्यवसायी मैत्री कर प्रणालीलाई ध्यान दिँदै मित्रवत् व्यवहार गर्नुपर्नेमा पनि उनले जोड दिए ।


वडासचिव कुलराज पौड्यालले करदातालाई करको दायरामा समाहित गराउनका लागि कर शिक्षा जरुरी रहने भएकाले वडाबासीलाई सचेत गराइने बताए ।


सबैभन्दा बढी व्यवसाय शुल्क तिरेर सम्मानित करदाता ओम हस्पिटलका अध्यक्ष डा. मुकुन्द आचार्यले पहिलो पटक घरदैलोमै आएर वडाले सम्मान गर्दा स्थानिय सरकार रहेको अनुभूति भएको बताए ।


सबैभन्दा बढी एकीकृत सम्पति कर बुझाउने गोशली हाउसका शुशिल कुमार गोशलीले कर तिर्दा मुलुक सञ्चालन र विकास निर्माणमा सहयोग पुग्ने भएकाले सबैले कर तिर्नुपर्ने बताए ।


व्यवसाय दर्ता अभियान तथा अनुगमन कार्यक्रम


यसैबीच, वडाले राजश्व अभिवृद्धिका लागि व्यवसाय दर्ता अभियान तथा अनुगमन कार्यक्रम पनि गरेको छ ।


अध्यक्ष, सचिव, जनप्रतिनिधिहरू भावना श्रेष्ठ, गीता चर्माकार, नन्दराम गिरी, लक्षमी पहारीसहितको वडाको टोली पसल पसल पुगी व्यवसाय दर्ता भए नभएको अनुगमन गरी नगरेको खण्डमा दर्ता गरेर मात्र व्यवसाय सञ्चालन गर्न अनुरोध गरेको छ ।
 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्